अर्नव गोस्वामीलाई पक्राउ गर्न ३ दिन अगाडि नै सूचना दिन अदालतको आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अर्नव गोस्वामीलाई पक्राउ गर्न ३ दिन अगाडि नै सूचना दिन अदालतको आदेश


एजेन्सी

११ चैत्र २०७७, बुधबार


काठमाडौँ । भारतीय पत्रकार अर्नव गोस्वामीलाई पक्राउ गर्नुपरे तीन दिन पहिला सूचना दिन भारतको मुम्बई उच्च अदालतले आदेश दिएको छ । टीआरपी घोटालाको मुद्दामा सुनुवाइको क्रममा अदालतले प्रहरीलाई यस्तो आदेश दिएको हो ।

रिपब्लिक टिभीका प्रधान सम्पादक समेत रहेका गोस्वामीले आफ्नो टेलिभिजन ग्रुपको टीआरपी राम्रो बनाउन पैसा तिरेर दर्शक बढाएको आरोप छ ।

न्यायधिशद्वय एसएस शिन्दे र मनीष पितलेको ए डिभिजन बेञ्चले एआरजी आउटलेटर मिडिया, रिपब्लिक टिभी र अन्य च्यानलहरू चलाउने र गोस्वामीविरुद्धको मुद्दा हेर्दै छ। यता प्रहरीले तीन महिना भित्र रिपब्लिक टिभीविरुद्धको छानबिन पुरा गर्ने आदालतलाई जानकारी दिएको छ।

गोस्वामी यतिबेला आत्महत्या दुरुत्साहनको अर्को एउटा मुद्धामा जमानतमा छन्। ५३ वर्षका एक इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको मुद्दामा गोस्वामीलाई अघिल्लो वर्ष नोभेम्बर ४ मा मुम्बईको घरबाट पक्राउ गरिएको थियो

११ नोभेम्बरमा उनले सर्वोच्च अदालतबाट जमानत पाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस