कटुवा पेस्तोलसहित दुई युवा पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कटुवा पेस्तोलसहित दुई युवा पक्राउ


११ चैत्र २०७७, बुधबार


वीरगन्ज । वीरगन्जबाट प्रहरीले कटुवा पेस्तोलसहित २ जना युवक पक्राउ गरेको छ ।

वीरगन्ज १३ श्रीपुरबाट कटुवा पेस्तोलसहित वीरगन्ज २४ श्रीसीयाका २७ वर्षीय दिपेन्द्र साह र सोही ठाँउका २३ वर्षीय सनोज गुप्ता पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले दुवै युवकको शरीर खानतलासी गर्दा उनीहरुको साथबाट गोली नभएको १ थान कटुवा पेस्तोल बरामद भएको गरेको हो।

कटुवा पेस्तोलसहित पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस