गुल्मीमा भिडभाड र र्‍याली नगर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गुल्मीमा भिडभाड र र्‍याली नगर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन


११ चैत्र २०७७, बुधबार


गुल्मी । भारतमा कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड हुने कुनैपनि जुलुस, र्‍याली तथा सभा समारोह नगर्न निर्देशन दिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबेवी शर्माले बताइन् । आउन लागेको फागु पर्व पनि परिवारभित्र मात्रै मनाउन आग्रह गरेको छ ।

यसैगरी मास्क अनिवार्य रुपमा लगाउन, भौतिक दूरी कायम गर्न तथा साबुनपानीले हात धुने कार्य गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । होटल, रेष्टुरेन्ट तथा मदिरा बिक्री वितरण गर्ने पसल व्यवसाय राति ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ ।
सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस