गण्डकी प्रदेश लोक सेवाका नवनियुक्त पदाधिकारीबाट शपथ ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेश लोक सेवाका नवनियुक्त पदाधिकारीबाट शपथ ग्रहण


११ चैत्र २०७७, बुधबार


गण्डकी । गण्डकी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले शपथ गराए ।

आफ्नो शपथलगत्तै अध्यक्ष नेपालले सदस्य कल्पना लम्साललाई पद तथा गोपनीयताको शपथ गराए । गण्डकी सरकारले यही चैत ७ गते आयोगका पदाधिकारीमा उनीहरुलाई नियुक्त गरेको थियो ।

विसं २०७६ साउनमा गण्डकी प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ गण्डकी प्रदेशसभाबाट पारित भएको थियो ।

नवनियुक्त पदाधिकारीले आजै पोखराको मुस्ताङचोकस्थित आयोगको कार्यालयमा पदभार ग्रहण गरेका छन् । आयोगका पदाधिकारीको कार्यावधि नियुक्ति भएको मितिले छ वर्षको हुने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस