कुर्सी जोगाउन ओलीले नेपालको अस्मिताविपरीत साँठगाँठ गर्दैछन् : भीम रावल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कुर्सी जोगाउन ओलीले नेपालको अस्मिताविपरीत साँठगाँठ गर्दैछन् : भीम रावल


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेकपा एमालेको उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता र कुर्सी जोगाउनका लागि नेपालको अस्मिताविपरीत साँठगाँठ गरेको आरोप लगाएका छन्।

उनले सामानीक सञ्जनाल ट्वीटरमा ट्वीट गर्दै नेपालको अस्मितासँग गाँसिएको नागरिकतालगायतका दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्नमा ओली तल्लीन रहेको आरोप लगाएका हुन्। उनले सबै देशभक्त नेपालीहरु ओलीको कदमविरुद्ध सचेत हुनुपर्ने बताएका छन्।

उनले लेखेको छन्, ‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकतालगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ। देशभक्त नेपाली सजग होअ‍ौं !’

Tags :
प्रतिक्रिया दिनुहोस