इजरायली चुनावमा जित हुने प्रधानमन्त्रीको दाबी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

इजरायली चुनावमा जित हुने प्रधानमन्त्रीको दाबी


एजेन्सी

११ चैत्र २०७७, बुधबार


जेरुसलेम । दुई वर्षभित्रको अवधिमा चौथो पटक भएको संसद्को निर्वाचनमा जित हुने दाबी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गरेका छन् ।

यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्मा बहुमत ल्याउन नेतान्याहू विफल हुनसक्ने देखाएको छ ।
इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा आसिन नेतान्याहूको कार्यकालमा सन् २०१९ पछि यो चौथो निर्वाचन हो । यो मतदानपछि उनलाई दक्षिणपन्थी गठबन्धनलाई एकताबद्ध गर्न सक्ने आशा गरिएको छ ।

संसद्मा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि दुई वर्षभित्रको अवधिमा चौथो पटक मङ्गलबार निर्वाचन शुरु भएको हो । इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसद्मा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।

लिकुड पार्टी पुनःसत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ । इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गरेका छैनन् । उनीमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शन पनि भएका थिए । नेतान्याहुले मंगलवार ट्वीट गर्नु हुदै दक्षिणपन्थी र उनी नेतृत्वको लिकुडलाई ठूलो जित दिएकोमा इजरायली जनतालाई धन्यवाद दिएका छन् । अहिलेसम्म लिकुड सबैभन्दा ठूलो पार्टी भएको उनको दाबी रहेको छ ।

धेरै इजरायलीहरू दक्षिणपन्थी रहेको र उनीहरू एउटा स्थायी र सशक्त दक्षिणपन्थी सरकार चाहन्छन् भन्ने स्पष्ट छ उनले भनेका छन् ।निर्वाचनका लागि योग्यमध्ये जम्मा ६७।२५ ले मत खसालेका छन् भने यो चुनावलाई नेतान्याहु नेतृत्वको जनमतसङ्ग्रहका रूपमा हेरिएको छ ।
हालका दिनहरुमा ७१ वर्षीय प्रधानमन्त्री नेतान्याहू कोभिड–१९ को खोप अभियान कार्यक्रममा केन्द्रित थिए र उनको कूटनीतिक सफलता केही अरब मुलुकहरूका सम्बन्ध सामान्य बनाउनेमा पनि रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस