दुई किशोरी अपहरण गरी बलात्कार गर्ने दुई युवा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई किशोरी अपहरण गरी बलात्कार गर्ने दुई युवा पक्राउ


प्रशासन संवाददाता

११ चैत्र २०७७, बुधबार


रुकुम । दुई किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वका दुई युवा पक्राउ परेका छन् । १४ र १५ वर्षीय दुई किशोरीलाई २३ वर्षीय युवकको घरमा बन्धक बनाई बलात्कार गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

चैत्र १ गते घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म परिवारबाट सम्पर्कविहिन भएपछि सोमबार मात्रै निजहरुका आफन्तले प्रहरीमा निवेदन दिए लगत्तै खोजतलास भएको थियो ।

खोजतलासका क्रममा दुई किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर राखी जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुई युवामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । किशोरीहरुको स्वास्थ्य परीक्षण गरी प्रहरीको संरक्षणमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस