जिल्ला प्रशासन कार्यालय रौतहटका आठ कर्मचारी खरिदारबाट नासुमा बढुवा « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

जिल्ला प्रशासन कार्यालय रौतहटका आठ कर्मचारी खरिदारबाट नासुमा बढुवा


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले आठ कर्मचारीलाई नायब सुब्बामा बढुवा सिफारिस गरेकाे छ ।

लोक सेवा आयोग कार्यालय जलेश्वरको बढुवा सूचना अनुसार ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पाँच र कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम बढुवाका लागि सिफारिस गरेको हाे ।

मङ्गलवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रशासन सेवा राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) पदबाट राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) मा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि रमेश रेग्मी, ज्ञान बहादुर सिंजाली, सुजन कुमार सुवेदी, धर्मदेव साह र गोविन्द हजरालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसै गरी, कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि अरविन्द राय यादव, नरेन्द्र चौधरी र सुधना कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस