भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पाँच कर्मचारी सर्वेक्षकमा बढुवा सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पाँच कर्मचारी सर्वेक्षकमा बढुवा सिफारिस


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँच कर्मचारीलाई सर्वेक्षकमा बढुवा गरेको छ । नेपाल इन्जिनियर सेवा सर्भे समूह राजपत्र अनङ्कित प्रथम श्रेणी(सर्वेक्षक)मा पाँच जनालाई बढुवा गर्ने निर्णय गरिएको हो ।

मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सङ्गीता पौडेल, नेत्र बहादुर थापा, ज्ञानेश्वर महर्जन र नवीन अधिकारी लागि बढुवा गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै कार्य क्षमताको आधारमा हुने बढुवाको लागि विशाल गौतम रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस