रेन्जर राम औतार चौधरीसमेत २ जनाविरुद्ध मुद्दा दायर  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रेन्जर राम औतार चौधरीसमेत २ जनाविरुद्ध मुद्दा दायर 


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा रेन्जर(अधिकृत छैटौँ) राम औतार चौधरीसमेत २ जनाविरुद्ध मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सब–डिभिजन वन कार्यालय, तारा नगर कैलालीका रेन्जर चौधरीले काठको मुद्दा मिलाइदिन्छु भनी घुस माग गरेको उजुरी पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले रेन्जर राम औतार चौधरीलाई उक्त रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद रानालाई सेवाग्राहीसँग असी हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

राम प्रसाद राना सीताराम सामुदायिक वन उपभोक्ता समितिको पदमा बहाल रहेको तथा निजले राम औतार चौधरीको लागि घुसबापतको ८० हजार लिएको पुष्टि हुन आएकोले निज राम प्रसाद रानाविरुद्धसमेत आरोपत्र दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस