आजदेखि लोक सेवा आयोग पदाधिकारीविहीन, रोकिने भए परीक्षा र सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजदेखि लोक सेवा आयोग पदाधिकारीविहीन, रोकिने भए परीक्षा र सिफारिस


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीसहित पाँचै जना पदाधिकारीको पदावधि सकिएको छ।

अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे पदावधि मंगलबार सकिएको हो।

अध्यक्ष मैनालीसहित ७ जना पदाधिकारीको २०७१ चैत ११ मा नियुक्ति भएकोमा दुई जना यसअघि नै उमेर हदको कारण अवकाश भइसकेका छन् भने बाँकी रहेका सबै पदाधिकारी एकै दिन आयोगबाट बिदा भएका हुन् ।

आयोग पदाधिकारी विहीन भएसँगै आयोगका सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवालगायत कामहरू रोकिने भएका छन् । कानुनतः आयोगका अध्यक्षले अधिकार प्रत्यायोजन गर्ने व्यवस्था छैन । त्यसका लागि पदाधिकारी नै नियुक्त हुनुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस