उद्योगपति राजेशकुमार अग्रवाल एमाले प्रवेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उद्योगपति राजेशकुमार अग्रवाल एमाले प्रवेश


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरे । प्रधानमन्त्रीले स्वागत पश्चात पार्टीमा अग्रवालबाट राम्रो भुमिका निर्वाह हुने विश्वास समेत व्यक्त गरे  ।

भैरहवा निवास ४९ वर्षीय अग्रवाल अर्गाखाँची सिमेन्ट र श्री स्टिल प्रालीको महाप्रबन्धक समेत हुन् । लामो समय देखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी हाल नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य पनि हुन् ।

।आफू  यस अघि कुनै राजनीतिक दलसँग आबद्ध नभएका उनी प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहेकाले पार्टी प्रवेश गरिएको बताए ।

प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस