पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि , ७७ जना संक्रमणमुक्त « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि , ७७ जना संक्रमणमुक्त


प्रशासन संवाददाता

१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७७ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको कोरोनाबाट मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार १९ जनाले कोरोनाका कारणले ज्यान गुमाइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस