कैलालीमा गोली चल्यो‍‍‍‍‍‍‍… « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा गोली चल्यो‍‍‍‍‍‍‍…


१० चैत्र २०७७, मंगलबार


कैलाली । कैलालीको लम्कीमा गोली चलेको छ । बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।

घाइतेमा लम्कीचुहा नगरपालिका १ का १८ वर्षीय दीपक सन्ज्याल र २५ वर्षीया कृष्ण काफ्ले रहेको प्रहरीले जनाएको छ । घाइते दुबै जनालाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको पनि जानकारी दिए । यस्तै झडपका क्रममा केही प्रहरीसमेत घाइते भएको बताइएको छ ।

आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको प्रहरीको भनाइ छ ।

मंगलबार बिहान लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले लम्कीचुहा नगरपालिका १ बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

घटनालगत्तै स्थानीयले सडक अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए । प्रहरीले बसका चालक बर्दगोरिया १ बस्ने पुष्प कडेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस