पत्रकारहरूसँग झोक्किए देउवा–‘विपक्षी भनेको सुन्नु भएन ?…’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पत्रकारहरूसँग झोक्किए देउवा–‘विपक्षी भनेको सुन्नु भएन ?…’


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको जिम्मेवारी आए नभाग्ने बताएका छन् । मङ्गलवार काँग्रेस नेता अशोक कोइरालाको परिवारलाई भेट्न विराटनगर पुगेका सभापति देउवाले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अहिले सरकारमा जान हतार नभएको र जिम्मेवारी आए नभाग्ने बताएका हुन् ।

विमानस्थलमा पत्रकारहरूले प्रश्न गर्दै गर्दा देउवाले झोक्किँदै भने, विपक्षी पार्टी भनेको सुन्नु भएन ?, विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी ! जानुस्…।’

पत्रकारहरूले सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? ओली सरकारलाई समर्थन गर्ने हो ? लगायतका प्रश्न सोधेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस