अमेरिकाको कोलोराडोमा भएको गोलीकाण्डमा थप १० जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकाको कोलोराडोमा भएको गोलीकाण्डमा थप १० जनाको मृत्यु


एजेन्सी

१० चैत्र २०७७, मंगलबार


कोलोराडो । अमेरिकामा भएको गोलीकाण्डमा थप १० जनाको मृत्यु भएको छ । सीएनएनका अनुसार सोमबार दिउँसो कोलोराडो राज्यको बोल्डरमा उक्त घटना भएको छ ।

गोलीकाण्डमा सहभागि एक संदिग्ध आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गतसाता ८ जनाको ज्यान जाने गरि एटलान्टामा भएको घटनापछि यो अर्को हिंसात्मक आक्रमण हो । अधिकारीहरुले पक्राउ गरिएका व्यक्तिबारे थप खुलाएका छैनन् र, उनको उद्देश्यबारे पनि केही बताइएको छैन । उक्त गोलीबारीमा प्रहरी अधिकृत एरिक टेलीको पनि मृत्यु भएको छ ।

प्रहरीले संदिग्ध आक्रमणकारीलाई सुपरमार्केटबाट हत्कडी लगाएर बाहिर निकालेको थियो । भिडियोमा उनको खुट्टाबाट रगत बगेको देखिन्छ । पछिल्लो समय अमेरिकामा गोलीकाण्ड र एसियाली मूलका अमेरिकीमाथि आक्रमणका घटना बढिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस