ज्योति लाईफको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, ३० हजार कित्ता कर्मचारीले पाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ज्योति लाईफको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, ३० हजार कित्ता कर्मचारीले पाउने


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । आज प्रि–अलोटमेन्ट हुने र आगामी शुक्रबार बाँडफाँड हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

ज्योतिले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि कुल ५९ लाख ४० हजार कित्ता शेयर निष्कासन गरेको थियो । कुल ६६ लाख कित्तामध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

आईपीओका लागि १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन दिएका छन् । गोलाप्रथामार्फत ५ लाख ९४ हजार जनाले १०–१० कित्ताका दरले शेयर पाउने बाँकी १२ लाख १० हजार ६ सय ४८ जनाको हात खाली हुने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस