सुन चाँदीको मूल्य ओरोलो लाग्यो, कति पुग्यो तोलाको ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन चाँदीको मूल्य ओरोलो लाग्यो, कति पुग्यो तोलाको ?


प्रशासन संवाददाता

१० चैत्र २०७७, मंगलबार


सुन

काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर ८६ हजार सात सय रुपियाँ कायम भएको छ । हिजो यसको मूल्य तोलामा ८७ हजार रुपियाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा तिन सय रुपियाँले नै घटेर ८६ हजार २५० रुपियाँ कायम भएको छ । हिजो यसको मूल्य ८६ हजार ५५० रुपियाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपियाँले घटेर एक हजार २५० रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस