किसान लघुवित्तको शेयर कारोबार आजदेखि रोक्का, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किसान लघुवित्तको शेयर कारोबार आजदेखि रोक्का, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आजदेखि रोक्का गरेको छ ।

कम्पनीले आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित साधारण सभा आव्हान गरेकोमा सोमवार उक्त प्रस्ताव हटाई पुनः सूचना प्रकाशन गरेको थियो ।

नेप्सेले उक्त विषयका कारण आइतवार र सोमवार कम्पनीको शेयर मूल्यमा असर परेको भन्दै मङ्गलवार कारोबार रोक्का गरेको हो ।

शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव प्रथम पटकको सूचनामा सार्वजनिक गरेको र दोस्रो पटक हटाएको सम्बन्धमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत नेप्सेले निर्देशन दिएको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव गर्दै आइतवार प्रकाशित सूचनामा अन्यथा भएको भन्दै सोमवार दोस्रो सूचना सार्वजनिक गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस