एनआईसी एशिया बैंकले दुई कम्पनीको संस्थापक शेयर बिक्री गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एनआईसी एशिया बैंकले दुई कम्पनीको संस्थापक शेयर बिक्री गर्दै


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्स र नागरिक लगानीकोषको संस्थापक शेयर आजदेखि बिक्री गर्दै छ । बैंकले नेशनल लाईफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानीकोषको ५० हजार कित्ता शेयर चैत १८ गतेसम्मका लागि लिलामी प्रकृयाबाट बिक्रीको आव्हान गरेको हो ।

बैंकले नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता ४६६ र नागरिक लगानीकोषको प्रतिकित्ता एक हजार ५४० तोकेको छ । यी कम्पनीको शेयर खरिदका लागि तोकिएका मूल्या वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । दुबै कम्पनीको शेयर खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरिदको माग गर्न सकिनेछ ।

यी शेयर खरिद गरेका शेयरधनीहरुले चैत १० गतेपश्चात सम्बन्धीत कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश प्राप्त गर्न सक्नेसमेत बैंकले जानकारी दिएको छ । यो शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस