राष्ट्र बैङ्कको प्रवक्तामा देवकुमार ढकाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्र बैङ्कको प्रवक्तामा देवकुमार ढकाल


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । उनले आजदेखि राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

राष्ट्र बैङ्क नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैङ्क सुपरिवेक्षणमा भएपछि ढकाललाई प्रवक्तामा नियुक्त गरिएको हो ।

ढकाल २५ वर्षदेखि राष्ट्र बैङ्कमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस