आज दिउँसो १ बजे संसद बैठक, यस्तो छ सम्भावित कार्यसूची « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज दिउँसो १ बजे संसद बैठक, यस्तो छ सम्भावित कार्यसूची


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन तथा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको संसद सचिवालायले जानकारी दिएको छ ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस