नेपाली बैङ्कहरूले नै प्रिपेड कार्ड जारी गर्न सक्ने, नेपालबाटै डलर भुक्तानी गर्न सकिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली बैङ्कहरूले नै प्रिपेड कार्ड जारी गर्न सक्ने, नेपालबाटै डलर भुक्तानी गर्न सकिने


९ चैत्र २०७७, सोमबार


बैंक

काठमाडौँ । नेपाली बैङ्कहरूले प्रिपेड कार्ड जारी गर्न भएका छन्।

नेपाल राष्ट्र बैङ्कको विदेशी विनिमय विभागले वाणिज्य बैङ्क तथा विकास बैङ्कहरूलाई वार्षिक ५ सय रुपैयाँसम्मको विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने जनाएको छ । यससँगै अब अमेजन र नेटफ्लिक्स लगायतका डिजिटल प्लेटफर्ममा नेपालबाटै डलर भुक्तानी गर्न सकिने र यसले सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतमा बुस्ट गर्न सहज हुनेछ ।

यसअघि डलर खाता भएकाले मात्रै विदेशमा डलर भुक्तानी गर्न सक्ने व्यवस्था थियो । विदेशका बैङ्कहरूमा खाता खोल्ने र भुक्तानी गर्ने हुँदै आएको थियो । यसरी भुक्तानी गर्दा गैर कानुनी रूपमा नेपाली रकम बिदेसिने गरेको भन्दै राष्ट्र बैङ्कले कडाइ समेत गरेको थियो ।

राष्ट्र बैङ्कले आइतबार जारी गरेको अख्तियारी अनुसार परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड व्यक्ति, फर्म, कम्पनी वा संस्था जो कोहीले पनि लिन सक्नेछन् ।सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैङ्क खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी कार्ड जारी गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

कार्ड जारी गर्दा कार्ड जारी भएको दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५०० वा सो बरावरको परिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ तर त्यसका लागि अनिवार्य प्यान लिएको हुनुपर्छ ।

यसरी लिइएको कार्डमार्फत प्रयोगकर्ताले विदेशी अनलाइनमार्फत सामान खरिद गर्न, अमेजन, नेटफ्लिक्सजस्ता प्लेटफर्मका भुक्तानी गर्न वा गुगल तथा फेसबुक जस्ता माध्यममा डिजिटल विज्ञापनको पैसा तिर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस