महँगा गाडी र कृषि उपजको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महँगा गाडी र कृषि उपजको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा


प्रशासन संवाददाता

९ चैत्र २०७७, सोमबार


काठमाडौँ । सरकारले महँगा गाडी आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको मन्त्रिपषिद् बैठकले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

गत वर्ष चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले विदेशी मुद्रा सञ्चितिका लागि भन्दै महँगा सवारी र कृषि उपजको आयातमा कडाइ गरेको थियो ।

२०७६ चैत २४ को प्रकाशित राजपत्रको सूचनाले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन सँगै केराउ, मरिच, सुपारी र छोकडाजस्ता वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । यस्तै प्रतिबन्ध हटेपनि परिणात्मक बन्देजको परिमाण नखुलेको केराउ, मरिच, सुपारी र छोकडा सम्बन्धमा पनि राजपत्रले प्रष्ट्याएको छ ।

उक्त निर्णयको सूचना सोमबारको राजपत्रमा प्रकाशित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस