माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, सरकारको समर्थन फिर्ता लिने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, सरकारको समर्थन फिर्ता लिने तयारी


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र ले स्थायी कमिटी बैठक बोलाएको छ ।

वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न  मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन् ।

उनका अनुसार बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ ।

यसअघि माओवादीले समर्थन फिर्ता नलिएरै ओलीको विकल्प दिन काँग्रेस र जनता समाजवादी पार्टीसँग संवादमा अगाडि बढाएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस