आइतबार ६३ अंकले बढेको सेयर बजार सोमबार २४ अंकले घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइतबार ६३ अंकले बढेको सेयर बजार सोमबार २४ अंकले घट्यो


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । आइतबार ६३ अंकले बढेको सेयर बजार सोमबार भने २४ अंकले घटेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २४३ दशमलव ०८ अंकले घटेर १ हजार ५ सय १४ दशमलव ३९ अंकमा झरेको छ । आइतबार पौने ६ अर्ब रकम बराबरको कारोबार भएपनि सोमबार कारोबार रकम पनि ५ अर्ब ३५ करोडमा रोकियो ।

नेप्सेमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् । यी दुई समूहहरु होटल ३.४७ प्रतिशत र हाइड्रोपावर ४.७९ प्रतिशतले बढेको छ ।

हाइड्रोपावरमा सबैभन्दा धेरै माथिल्ले तामाकोशीका लगानीकर्ताहरुले कमाएका छन् भने होटल तथा पर्यटनमा चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताहरुले कमाएका छन् ।

केही दिन यता लगातार सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको चन्द्रागिरि सोमबार पनि ९.९९ प्रतिशत अर्थात १४३ रुपैयाँले बढेर १ हजार ५ सय ६३ रुपैयाँमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस