बलिउड इतिहासमा बच्चन बुबा–छोराको पहिलो पटक भिडन्त हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बलिउड इतिहासमा बच्चन बुबा–छोराको पहिलो पटक भिडन्त हुँदै


९ चैत्र २०७७, सोमबार


मुम्बई । अभिनेता अमिताभ बचन र अभिषेक बचनको चलचित्र एकै हप्ता रिलिज हुने भएको छ । अभिनेता अभिषेकको चलचित्र ‘बीग बुल’ अप्रिल ८ मा डिजिटल प्लेटफर्ममा र अमिताभको ‘चेहरे’ अप्रिल ९ मा भारतका चलचित्र हलमा एकै पटक रिलिज हुने बलिउड हङ्गामाले जनाएको छ ।

बलिउड इतिहासमै यो पहिलो पटक बच्चन बाबुछोराको बक्स अफिस भिडन्त हुने भएको हो। दुवै अभिनेताको चलचित्र एकै हप्ताभित्र रिलिज हुने भएको पनि बढी चर्चाको विषय बनेको छ ।

दुबैका चलचित्र भिन्न–भिन्न प्लेटमर्फममा आउने भए पनि दर्शक एउटै भएको अभिनेता द्वयको बुझाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस