राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान


९ चैत्र २०७७, सोमबार


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छिन् । उनी नेपाल वायु सेवा निगमको विशेष चार्टर्ड विमान आरए ००१ मार्फत आज बङ्गलादेश प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ । सो कार्यक्रममा भण्डारी नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।

यसैगरी नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ ।

त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, मन्त्रालयका उच्चाधिकारी र एक सांस्कृतिक टोली पनि सहभागी छन् ।

राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्किनेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस