सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ


९ चैत्र २०७७, सोमबार


कैलाली । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए।

प्रहरी निरीक्षक थापाका अनुसार २०५९/११/३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिन गई मृत्यु भएको र निज चालक भागी फरार रहेका थिए ।

खोज तलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस