क्लियरिङ्गग हाउसको अध्यक्षमा रामबहादुर मानन्धर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

क्लियरिङ्गग हाउसको अध्यक्षमा रामबहादुर मानन्धर


८ चैत्र २०७७, आइतबार


 

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामबहादुर मानन्धर नियुक्त भएका छन् ।

नेपाल राष्ट्र बैङ्कका बैंकिङ्ग विभागका कार्यकारी निर्देशक समेत रहेका मानन्धरलाई नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

नेपाल क्लियरिङ्ग हाउस राष्ट्रिय भुक्तानी प्रणाली सम्बन्धी काम गर्ने नेपाल राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित कम्पनी हो ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैङ्कबाट एक, वाणिज्य बैङ्कबाट तीन, विकास बैङ्क र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस