दुई लाख घुससहित पक्राउ परेका फार्मेसी अधिकृतविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई लाख घुससहित पक्राउ परेका फार्मेसी अधिकृतविरुद्ध मुद्दा दायर


८ चैत्र २०७७, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगरका फार्मेसी अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अधिकृत सरोज सुवेदीविरुद्ध दुई लाख रुपैयाँ बिदो दाबी गर्दै विशेष अदालत काठमाडौँमा घुस÷रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको हो।

सेवाग्राही विरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले फार्मेसी अधिकृत सुवेदीलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

सुवेदीलाई दुई लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) अनुसार सजाय हुन माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस