काठको मुढा पल्टिदा किशोरीको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठको मुढा पल्टिदा किशोरीको मृत्यु


प्रशासन संवाददाता

८ चैत्र २०७७, आइतबार


म्याग्दी । रघुगंगा गाउँपालिका–४ दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको छ ।

आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा पल्टेर आउदा उनलाई चोट लागेको थियो । घटनास्थलमै दीक्षाको मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस