कर्णाली प्रदेश राजधानीको सडक स्तरोन्नति हुँदै, ३० किमि सडकको लागि ७ करोडको सम्झौता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कर्णाली प्रदेश राजधानीको सडक स्तरोन्नति हुँदै, ३० किमि सडकको लागि ७ करोडको सम्झौता


प्रशासन संवाददाता

८ चैत्र २०७७, आइतबार


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३० किलोमिटर सडक कालोपत्रे हुँदै छ । आउँदो अषाढ मसान्तसम्म वीरेन्द्रनगरभित्रका ३० किलोमिटर सडक दुई प्याकेजमा कालोपत्रे गरिने पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले जनाएको छ ।

पूर्वाधार विकास निर्देशनालय, सुर्खेत र श्याम एण्ड शङ्कर कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच अषाढ १५ सम्मको सम्झौता रहेको छ । गत २०७६ मङ्सिरमा भएको योजना सम्झौता ७ करोड २९ लाखको रहेको छ ।

विश्व कोभिड महामारीको प्रभावले गत असोजदेखि मात्र कालोपत्रे योजनाको काम सुरु भएको र ६.५ किलोमिटर सडक कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ । बाँकी २३.५ किलोमिटर सडक कालोपत्रे सम्झौता अगावै सकिने निर्देशनालयका इन्जिनियर सूर्य बहादुर शाहीले जानकारी दिए ।

त्यस्तै सडकको टेन्डर प्रक्रिया लामो, मौसम विविधता, सडक विस्तार गरिएका खाने पानी पाइप, विद्युतीय पोल र अदालत मुद्दा प्रक्रिया लामो जस्ता गहन समस्या छन् । जसले योजना काममा सुस्त हुने गरेको छ ।

भैपरि आउने समस्याको सामना गर्दै यस कार्यालयले तोकिएको काम समयमै पुरा गर्ने कर्णाली प्रदेश, पूर्वाधार विकास निर्देशनालय सुर्खेतका हालै बढुवा भएका प्रमुख सहसचिव वासुदेव पौड्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस