तोलामा पाँच सयले बढ्यो सुनको मूल्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य


प्रशासन संवाददाता

८ चैत्र २०७७, आइतबार


सुन

काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ ।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलाको ८६ हजार ७ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेका छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस