मोटरसाइकल दुर्घटनामा परी घाइते तीन प्रहरीलाई धनगढी ल्याइयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा परी घाइते तीन प्रहरीलाई धनगढी ल्याइयो


८ चैत्र २०७७, आइतबार


धनगढी । डोटीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका तीन जना प्रशिक्षार्थी प्रहरीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ।

शनिबार म २ प ४६७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदका लागि तालिम गरिरहेका तीन जना घाइते भएका थिए।

घाइते हुनेमा २० वर्षिय दलबहादुर भण्डारी, २० वर्षकै लोकनिरञ्जन भट्ट र २१ वर्षिय दीपेन्द्र खड्का छन्। उनीहरूलाई थप उपचारका लागि धनगढी पठाइएको हो । घाइते तीनै जनाको अवस्था गम्भीर बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस