कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुङ्गाका दुई कर्मचारी बढुवा तथा पदस्थापन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुङ्गाका दुई कर्मचारी बढुवा तथा पदस्थापन


८ चैत्र २०७७, आइतबार


काठमाडौँ । कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुङ्गाका दुई कर्मचारीको बढुवा तथा पदस्थापन भएको छ ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि नेपाल प्रशासन सेवा लेखा समूहका दुई जनालाई बढुवा तथा पदस्थापन गर्ने निर्णय गरिएको बढुवा समितिले जानकारी दिएको छ ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनद्वारा नानीमैया खतिवडालाई बढुवा गरी उच्च सरकारी वकिलको कार्यालय ओखलढुङ्गा सिफारिस गरिएको छ । यसैगरी कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि बाबुराम आचार्यलाई बढुवा गरी मालपोत कार्यालय ओखलढुङ्गा सिफारिस गरिएको छ ।

सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस