मोटरसाइकल दुर्घटना हुँदा तीन प्रहरी गम्भीर घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल दुर्घटना हुँदा तीन प्रहरी गम्भीर घाइते


प्रशासन संवाददाता

७ चैत्र २०७७, शनिबार


डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित सुनगढामा म२प ४६७४ नंको पल्सर मोटरसाइकल दुर्घटना हुँदा तीन प्रशिक्षार्थी प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका अनुसार गम्भीर घाइते हुनेहरूमा प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको तालिम गरिरहेका २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट र २१ वर्षीय दीपेन्द्र खड्का रहेका छन् ।

घाइते तीनै जनाको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेको शैलेश्वरी अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए ।

घाइतेको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलाली लगिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस