बाराबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाराबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ


७ चैत्र २०७७, शनिबार


पक्राउ

वीरगञ्ज । अवैध कटुवा पेस्तोल र त्यसमा प्रयोग गरिने दुई राउण्ड गोलीसहित बाराबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको महोतरी गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय प्रमोदकुमार चौधरी भूमिहार रहेका छन्।

उनलाई इलाका प्रहरी कार्यालय सिमरा र जितपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको हो।

जितपुर–सिमरा उपमहानगरपालिका वडा नमबर ७ शान्ति टोलस्थित सैलुनमा बसिरहेको बेला चौधरीको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली दुई राउण्ड र मोबाइल सेट दुई थान बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका चौधरीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको मिश्रले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस