संसदीय बोर्डमा नबस्ने खनाल-नेपालको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसदीय बोर्डमा नबस्ने खनाल-नेपालको घोषणा


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार गरेका छन् ।

शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताका हुन् ।

‘म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ’ उनले भने, ‘हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामीलाई बस्दैनौं ।’

बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उनले छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको बताए ।

संसदीय दलको अघिल्लो बैठकले फागुन २७ सदस्यीय बोर्ड गठन गरेको थियो । जसमा खनाल र नेपाललाई पनि मनोनीत गरिएको थियो ।

सम्बन्धित समाचार :  एमाले संसदीय दल बोर्ड गठन, खनाल र नेपाल पनि सदस्य

Tags :
प्रतिक्रिया दिनुहोस