संसदमा देखिएको अन्यौल लामो समय रहदैन : सभामुख सापकोटा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संसदमा देखिएको अन्यौल लामो समय रहदैन : सभामुख सापकोटा


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको अन्यौल लामो समय नरहने बताएका छन् ।

शनिबार गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन कार्यक्रमलाई सभामुख सापकोटाले संसदमा अहिले केही अन्योल देखिए पनि त्यो लामो समयसम्म नजाने बताएका हुन् । ‘संसदले जनआवाजको रूपमा काम गर्नेछ । सबैको आवाज संसदबाटै प्रतिविम्बित हुनेछ,’ उनले भने ।

उनले संसद पुनर्स्थापनाका लागि नागरिकले देखाएको ऐक्यबद्धता उच्च प्रसंशनीय रहेको बताए । ‘नेपाली जनताको महान एकता जिन्दावाद भन्न चाहन्छु । जनताको एकताको बलमा संविधानको रक्षा भएको छ । प्रतिनिधिसभाको नेतृत्वको हैसियतमा भन्न चाहन्छु संसदले जनअधिकार र जनआवाजको उच्चतम अभ्यास गर्ने छ ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस