गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्‍ने एमाले संसदीय दलको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्‍ने एमाले संसदीय दलको निर्णय


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीभित्र गुटबन्दी गर्नेहरूलाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको छ। बालुवाटारमा बसेको संसदीय दलको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको सांसद शेरबहादुर तामाङले बताए।

उनले भने, ‘पार्टीभित्र गुटगत गतिविधि हुने अवस्था रहेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको छ। पार्टीभित्र सबैले सहभागी भएर कुरा राख्न सक्छ। तर, कसैले गुटगत रूपमा आफ्नो कुरा राख्दैन। त्यो छुट कसैलाई हुँदैन।’ संसदीय दलको बैठक कुन ठाउँमा बस्ने भन्ने त्यसको कुनै फरक नपार्ने उनले तर्क छ।

‘बैठकको स्थानको विषयमा कुनै मतलव हुँदैन। दल नेताले बैठकले जहाँ बैठक राखेको छ त्यहीँ उपस्थित हुनुहुन्छ’ उनले भने, ‘उहाँले सडकमै बोलाउनुहुन्छ भने पनि हामी बस्न तयार हुनुपर्छ।’ केही संसदीय बोर्डको बैठक बसेर गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने उनले बताए।

‘संसदीय दलको नेताले कारबाही प्रक्रिया अगाडि बढाउने संकेत गर्नुभएको छ। उहाँहरूले आफ्नो धारणा लिखित रूपमा पत्र पठाउनुभएको छ। त्यसको बारेमा पनि छलफल हुन्छ’ उनले भने, आवश्यकताअनुसार बोर्डले निर्णय गर्छ।’

५ चैतमा बोर्ड गठन भएको थियो । बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ । बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस