नेपाल पक्षद्वारा एमाले संसदीय दलको बैठक बहिष्कार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल पक्षद्वारा एमाले संसदीय दलको बैठक बहिष्कार


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमाले संसदीय दलको बैठक नेपाल पक्षले बहिष्कार गरेको छ । शनिवार बिहान साढे १० बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो ।

बालुवाटारमा संसदीय दल र केन्द्रीय बैठक बोलाइएकै बेला खनाल–नेपाल पक्षले भने राष्ट्रिय सभा गृहमा युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै छ ।

बैठकमा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।

यसअघि चैत ५ गते पनि संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसदीय दलको बैठक बोलाएका थिए । उक्त बैठक पनि नेपाल समूहले बहिष्कार गरेको थियो । गौतम अनुपस्थित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस