गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति एवं गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवस आज (शनिवार) मनाइँदै छ । सो अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेन लगायतले विभिन्न कार्यक्रम गर्दैछन् ।

राणा शासनकै बेला विराटनगर जुट मिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएको स्वर्गीय कोइराला पटक–पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

२०६२/०६३ को जनआन्दोलनमार्फत संसद् पुनः स्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाइ गरेका थिए ।

२०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गरेका थिए भने २०५३ सालमा नेपाली काँग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म काँग्रेसको सभापति रहेका थिए ।

उनकाे निधन २०६६ साल चैत ७ गते मण्डिखटारमा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस