एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै


७ चैत्र २०७७, शनिबार


काठमाडौँ। नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

संसदीय दलको बैठक बिहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार संसदीय दलको विधान २०७२ कै अनुसार रहेको र कतिपय व्यवस्था नयाँ संविधानअनुसार मिलाउनुपर्ने छ । संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्नुपर्ने सचेतक भट्टराईले जानकारी दिएका छन् ।

संसदीय दलको बैठकमा नेपाल समूहले भने सहभागी नहुने जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस