सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस


६ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

आज सचिवका लागि सिफारिस गरिएका तीन सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा र रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख हुन् भने पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।

नेतृत्व क्षमता, निर्णायक क्षमता र उपयुक्त लागेको व्यक्तिलाई सरकारले सचिव बनाउने निर्णय गर्न सक्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस