मातृकाप्रसाद खनाल कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मातृकाप्रसाद खनाल कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त


प्रशासन संवाददाता

६ चैत्र २०७७, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । शुक्रबार खनालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको उपस्थितिमा उच्च अदालत सुर्खेतका निमित्त मुख्य न्यायाधीश राजेश्वर तिवारीले शपथ गराएका थिए ।

यसअघि मुख्यमन्त्री शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसको आधारमा प्रदेश प्रमुख कलौनीले मुख्य न्यायाधिवक्तामा खनाललाई नियुक्त गरेका हुन् ।

यसअघिका मुख्य न्यायाधिवक्ता विद्या भुषण मानन्धरको फागुन १३ गतेदेखि लागू हुने गरि राजीनामा स्वीकृत भएपछि खाली रहेको स्थानमा खनाललाई नियुक्त गरिएको छ । खनाल दैलेखका बासिन्दा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस