सगरमाथा सिमेन्ट विरुद्ध मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सगरमाथा सिमेन्ट विरुद्ध मुद्दा


प्रशासन संवाददाता

६ चैत्र २०७७, शुक्रबार


तुलसीपुर । दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ ।

उद्योगको प्रदूषण रोक्न वा मानव बस्तीभन्दा बाहिर उद्योग सार्न माग गर्दै स्थानीयवासी, अधिकारकर्मी, कानुन व्यवसायीसहित २१ जनाले मुद्दा दायर गरेका हुन् ।

उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनिले स्थानीयको जीवनमा असर पारेको भन्दै परमादेश मागसहित रिट दर्ता गरिएको छ ।

रिट दायर गर्नेहरूमा घोराही उपमहानगरपालिका–३ र ४ का स्थानीयवासी हरू भरत देवकोटा, वसन्तकुमार घिमिरे, दिलबहादुर घर्ती, शरद घिमिरे, जानका घर्ती, माधव सुवेदी, तारा आचार्य, महिला अधिकारकर्मी हुमा डिसी, साजिदा सिद्धिकी, अधिकारकर्मी विनोद केसी, वरिष्ठ अधिवक्ता कुमार श्रेष्ठ, अधिवक्ता मौसम आचार्यलगायतका छन् ।

उद्योगविरुद्ध रिट हाल्नेहरू खाद्य अधिकार सञ्जाल, फियान नेपाल, इन्सेक, एफडब्लू एलइडी, आइएस आरसी, उच्च अदालत बार एसोसिएसन नेपालगन्जमा आबद्ध व्यक्तिहरू हुन् ।

रिटमा बस्ती बिचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरहरूमा सिमेन्ट मात्रै जम्मा हुने गरेको, ध्वनि प्रदूषणले दैनिक जीवन कष्टकर बनेको उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस