डोजर चालकले घाइते महिलालाई जिउँदै पुरेको आरोपमा पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डोजर चालकले घाइते महिलालाई जिउँदै पुरेको आरोपमा पक्राउ


प्रशासन संवाददाता

६ चैत्र २०७७, शुक्रबार


काठमाडौं । डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका डोजर चालक भीमबहादुर बुढाथोकी रहेको प्रहरीले बताएको छ ।

धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारस्थित खोल्सी जिपजिपेमा गत १७ फागुनमा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाललाई डोजर चलाइरहेका बुढाथोकीले ठक्कर दिएका थिए ।

डोजरले ठक्कर दिएपछि खाल्डोमा खसेकी कुमाललाई उद्दार गर्नुको साटो बुढाथोकीले माटो हालेर पुरिदिएका थिए । सोही क्रममा सार्वजनिक बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए ।

पक्राउ परेका बुढाथोकीविरुद्ध ज्यान सम्बन्धी कसूरमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस