महान्यायाधिवक्ता खरेलले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा


प्रशासन संवाददाता

६ चैत्र २०७७, शुक्रबार


काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस