साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट


प्रशासन संवाददाता

६ चैत्र २०७७, शुक्रबार


सुन

काठमाडौँ । साताको अन्तिम दिन सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस